स्थानीय तहका कारण २७ हजार कर्मचारीले तलब नपाउने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

स्थानीय तहका कारण २७ हजार कर्मचारीले तलब नपाउने

काठमाडौँ, १० असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ।

स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब बिनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो।

सरकारले विभागबाट बजेट पठाउँदै आएको तर यस बर्षदेखि स्थानीय तहलाई नै बजेट उपलब्ध गराएको कारण स्वास्थ्यका अस्थायी, करारमा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।