जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

एजेन्सी, १५ असोज । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे । डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक एक गोल फर्काए । घरेलु मैदानमा खेलको १८ औं मिनेटमा टोलिसोको गोलबाट बायर्नले अग्रता लिएको थियो ।

खेलको ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेलको ३९ औं मिनेटमा डर्टमण्डका ब्रान्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३–२ जित दिलाए । यससँगै बायर्नले सिजनको पहिलो उपाधि जितेको छ । यस्तै बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);