कालोबजारी नियन्त्रण गर्नका लागि अनुगमनमा जोड दिन सांसदको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

कालोबजारी नियन्त्रण गर्नका लागि अनुगमनमा जोड दिन सांसदको आग्रह

काठमाडौं, १३ असोज । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यबृद्धि गरेर कालोबजारी भइरहेको भन्दै नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न आग्रह गरेका हुन् ।

सांसदहरुले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनु भयो । समितिका सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);