इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको जित | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको जित

एजेन्सी, १३ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई पराजित गरेको छ ।

आईतबार राति एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा पाहुना आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि आर्सनलका साडियो मानेले खेल बराबरीमा ल्याए । खेलको ३४ औं मिनेटमा रोबर्टसनले घरेलु टोलीलाई अग्रता दिलाए ।

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे । जितसँगै लिभरपुलले ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);