लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या

बझाङ, ८ असोज । बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको छ । पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

शरीरभरि निलडाम र नग्न शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो । बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेका छन् ।

बालिकाका बुबाआमा भने रोजगारीका लागि भारतमा छन् । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);