राष्ट्रसंघको ७५ औँ महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

राष्ट्रसंघको ७५ औँ महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने

united_nations_flag

एजेन्सी, २ असोज । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने ७५ औँ महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । विश्वमा कोरोना भाईरस नियन्त्रणमा ल्याउन नसकिँदा यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका १ सय १९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो ।

महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले बिहीबारसम्ममा १ सय ७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनु भएको छ । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।

पहिलेका वर्षहरुमा करिब सय वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);