अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवा उच्चस्तरीय भेटवार्तामा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, ६ असोज ।  अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, अफगानिस्तानका राष्ट्रपति असर्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसंग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर दिनेश भट्टराईले जानकारी दिए । भेटवार्तामा श्रीलंकाका राष्ट्रपति मैत्रीपालाले नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार संयुक्त राष्ट्र संघको ७२ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);