चन्द्रपुर नगरपालिकामा ससुरा-बुहारी मेयर उपमेयरमा विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रौतहट, ६ असोज। रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयरमा विजयी भएका छन् । चौधरीले प्रतिद्वन्द्वी एमालेका उद्धव रेग्मीलाई पराजित गरेका हुन् । चौधरीले ९७८० मत पाउँदा रेग्मीले ८८३१ मत पाएका हुन् ।

त्यस्तै यहाँको उपमेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । रामरती मेयरमा विजयी भएका रामचन्द्र चौधरीकी बुहारी हुन् । रामरती चौधरीले ९९१६ मत ल्याएकी छिन् ।

चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३ वटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले २ वटा वडामा जितेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);