काठमाडौं, १ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्माओलीलाई सम्बोधन गर्दै ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीले हामी नेपाल–भारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित रहेर थप सुदुढ बनाउनेबारे सोच्ने लेख्नु भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्वीटमार्फत जन्मदिनको शुभकामना दिदैं दुई देशबीच सम्बन्ध सुदृढ बनाउनेगरी नजिक भएर काम गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिदै स्वास्थलाभ र खुसीको कामना गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीको विहिबार ७१ औं जन्मदिन हो । उहाँको १९५० मा गुजरातमा जन्म भएको थियो ।