पूर्वसांसदलाई पूर्वपदाधीकारीको मर्यादाक्रममा राख्न नमिल्ने गृहमन्त्री शर्माको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, ८ असोज ।  सरकारले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने तयारी गरेको छ ।

संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गृहमन्त्री जनार्दन शर्माले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ‘पूर्र्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्व सांसदहरुको सुविधाको व्यवस्था गर्न व्यवहारिक रुपमा नमिल्ने स्पष्ट पारे। राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीकै मर्यादाक्रममा समेट्न सुझाव दिएको छ । गृहमन्त्री शर्माले भने राष्ट्र प्रमुख जस्तो गरिमामय पदका लागि ल्याइएको विधेयकमा सांसदहरुलाई पनि राख्ने कुुरा व्यवहारिक हुने बताए ।

गृहमन्त्री शर्माले संविधानको भावना अनुसार सरकारले यातना दिने तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण हुनेगरी कानुन बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);