सीपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि ट्रिन्बागो नाइट राइडर्सलाई | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सीपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि ट्रिन्बागो नाइट राइडर्सलाई

एजेन्सी, २६ भदौ । क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेट उपाधि ट्रिन्बागो नाइट राइडर्सले जितेको छ । फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिन्बागोले उपाधि जितेको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिन्बागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । ट्रिन्बागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो । सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९र मार्क डियालले २९ रन जोडे । ट्रिन्बागोका केइरन पोलार्डले ४ विकेट लिए । अली खान र फावाद अहमेदले २–२ विकेट लिए ।

ट्रिन्बागोले यसपाली अपराजित रहदै उपाधि तेस्रो पटक सीपीएलको उपाधि जितेको हो । यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो । सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);