काठमाडौं, २५ भदौ । सुनको मूल्य वृद्धिले बिहीबार पनि निरन्तरता पाएको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ । लगातार चार दिन घटेको सुन तथा चाँदीको भाउ बुधबारदेखि बढ्न लागेको हो