महानगर अपडेट : कांग्रेसलाई उछिन्दै अघि बढ्यो फोरम, यस्तो छ अन्य दलको अवस्था | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

महानगर अपडेट : कांग्रेसलाई उछिन्दै अघि बढ्यो फोरम, यस्तो छ अन्य दलको अवस्था

local election

काठमाडौँ, ८ असोज । वीरगञ्ज महानगरपालिकामा सुरुवाती चरणमा तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरम अहिले कांग्रेसलाई उछिन्दै अग्र स्थानमा पुगेको छ। आईतबार बिहान साढे ८ बजेसम्ममा फोरम नेपालका उम्मेदवार विजय सरावगी ९९४६ मत सहित अग्र स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार अजय द्धिवेदीको ९८२८ मत छ।

हिजो शनिबार साँझसम्म नेपाली कांग्रेसभन्दा १४ मतले मात्रै पछाडि रहेको फोरम नेपाल पछिल्लो मतपरिणामसँगै कांग्रेसभन्दा अगाडि लागेको हो। शनिबार साँझसम्म कांग्रेसका उम्मेदवार द्धिवेदीको ८२४२ मत थियो भने फोरमका सरावगीको ८२२८ मत थियो।

त्यस्तैगरी महानगरको उप मेयरमा भने नेपाली कांग्रेस भारी मतले अगाडि देखिएको छ। नेपाली कांग्रेसका उप मेयर उम्मेदवार ११२७५ मत सहित अग्र स्थानमा छन् भने फोरमका उप मेयर उम्मेदवारको ९२६९ मत रहेको छ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदका उम्मेदवारहरु, माओवादी ४४७५, राजपा ६९३९, नेपाल लोकतान्त्रिक फोरम ३९४६ र नेकपा एमाले उम्मेदवारको खातामा ४९३१ मत परेको छ।