एजेन्सी, २३ भदौ । भारत र चीनबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । भारत चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चिनीयाँ संचार माध्यमहरुले जनाएका छन् ।
भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनाले जनाएको छ । भारतीय पक्षले समेत पूर्वीलद्दाख सीमामा फायरिङ भएको जनाएको छ ।
चिनीयाँ सेनाले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत–चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएको छ । चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ ।
चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिविधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको पनि गरेको छ । केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको रुसको मस्कोमा छलफलपछि यो घटनाले भएको हो ।
चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको समेत भारतले दाबी गरेको छ ।