अमेरिकी राष्ट्रपति ट्रम्प हिंसाग्रस्त केनोशा शहरको भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प हिंसाग्रस्त केनोशा शहरको भ्रमणमा

एजेन्सी,१७ भदाै ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीको गोली प्रहारबाट अश्वेत अमेरिकी घाइते भएको विस्कन्सिन राज्यस्थित केनोशा शहरको भ्रमण गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्प गत २३ अगस्टमा प्रहरीले अश्वेत अमेरिकी जेकब ब्लेकलाई गोली प्रहार गरेपछि विरोध प्रदर्शन भइरहेको केनोशा शहर पुग्नुभएको हो । त्यहाँ हिंंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै त्यहाँ पुग्नुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले प्रहरकिो गोलीबाट घाइते भएका जेकब ब्लेकका परिवारलाई भने नभेटेको बताइएको छ । ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने माग राखेपछि उनीहरुलाई नभेटेको राष्ट्रपति ट्रम्पले बताउनु भयो । ट्रम्पले विरोध प्रदर्शनबाट प्रभावित क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको बचाउ गर्नुभयो ।

Leave a Reply