कोरोनाका कारण अष्ट्रेलियाको आर्थिक वृद्धिमा ठुलो गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाका कारण अष्ट्रेलियाको आर्थिक वृद्धिमा ठुलो गिरावट

एजेन्सी, १७ भदौ । कोरोना भाइरसको महामारीका कारण अष्ट्रेलियाको आर्थिक वृद्धिमा तीन दशकयतानै सबैभन्दाठुलो गिरावट आएको छ । बुधबार सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०२०को वर्षको दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतको गिरावट आएको छ । यसअघि पहिलो त्रैमासिकमा अष्ट्रेलियाको अर्थव्यवस्थामा सुन्य दशमलव ३ प्रतिशतको गिरावट आएको थियो ।

अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो । अष्ट्रेलीया सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीबाट समेत जोगिएको थियो । यो वर्षको सुरुमा डढेलो र कोरोनाभाइसको सुरुवाती प्रभावको कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको बताइएको छ । त्यसपछि कोरोना नियन्त्रण र रोकथाम का लागि जारी लकडाउनका कारण ठप्प आर्थिक क्रियाकलापले अष्ट्रेलियाको आर्थिक वृद्धिमा तीन दशकयतानै सबैभन्दाबढी गिरावट आएको हो ।

अष्ट्रेलीया सरकार र केन्द्रीय बैंकको प्याकेज पनि प्रभापकारी नभएको विश्लेषण गरिएको छ । वस्तु एवं सेवामा खर्च नभएका कारण पनि पछिल्लो ६१ वर्षमा अष्ट्रेलीया सबैभन्दा खराब आर्थिक वृद्धि बेहोर्न बाध्य भएको विश्लेषण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);