एजेन्सी, १२ भदौ । म्यानचेस्टर युनाइटेडका फ्रान्सेली फुटबल खेलाडी पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ वर्षीय फ्रान्सेली स्टारमा संक्रमण देखिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले पुष्टि गरेका हुन् । संक्रमण पुष्टि भएसंगै आइशोलेसन बस्ने भएकाले पोग्बा नेसन्स लिग फुटबलमा फ्रान्सका लागि तत्काल उपलब्ध नहुने बताइएको छ ।
नेशल्स लिगअन्तर्गत आफ्नो सुरुवाती खेलका लागि आगामी ५ सेप्टेम्बरमा फ्रान्सले स्वीडेनको यात्रा गर्नेछ । अन्तर्राष्ट्रिय खेल गुमाएपनि प्रिमियर लिग सुरु हुँदासम्म भने पोग्बा उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रिमियर लिगअन्तर्गत नयाँ सिजनको सुरुवाती खेलमा वल्र्ड ट्राफोडमा युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ । सन् २०१६ मा विश्व युुभेन्ट्सबाट म्यानचेस्टर युुनाइटेड आएयता पोग्बा टोलीका प्रमुख सदस्य रहदैं आएका छन् । उनले १ सय ८ खेलमा २५ गोल गरेका छन् । पोग्बाले फ्रान्सबाट ६९ अन्तर्राष्ट्रिय खेल खेल्दै १० गोल गरेका छन् ।




