बाजुरा, ११ भदाै । बाजुराकाे बुढीनन्दा नगरपालिकामा करेन्ट लागेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही नगरपालिका वडा न. ५ बिरसैनका ६५ वर्षिया कर्णचन्द्र पाध्याय रहेका छन ।
बिहीबार बिहान उनकाे घरनजिकै रहेकाे बिजुलीकाे पोलमा विद्युतकाे तारबाट करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताउनुभएको छ ।