एजेन्सी, ७ असोज । इण्डोनेशियाको बाली टापुमा ज्वालामुखी बिस्फोटनको खतरा देखेसँगै त्यहाँका सर्वसााधरणलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।
बाली टापुको माउण्ट आगुङ पहाडमा ज्वालामुखी बिस्फोटनको हुने सम्भावना भएपछि स्थानीयलाई कम्तीमा नौ किलोमिटर टाढा बस्न अधिकारीहरुले आग्रह गरेका हुन् ।
अधिकारीहरुका अनुसार थुप्रै पराकम्पनहरु रेर्कड भइसेकेका छन् । उनीहरुका अनुसार पृथ्वीको भित्री भागबाट म्याग्मा सतहमा आउन माथि सरिरहेको संकेत मिलेको छ ।
सो पहाड वरपर रहेको २ लाख जनसंख्यालाई सरेर सुरक्षि स्थानमा जान निर्देशन दिएतापनि अहिले सम्म १० हजार जनसंख्या मात्र अन्यत्र गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सन् १९६३ मा माउण्ट आगुङमा ज्वालामुखी बिस्पोटन हुदाँ एक हजार भन्दा बढीको ज्यान गएको थियो ।