कैलाश खोलाले बगाएका १७ जनामध्ये ६ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कैलाश खोलाले बगाएका १७ जनामध्ये ६ जनाको शव फेला

धनगढी, ३ भदौ । अछामको रामारोशन गाउँपालिकाका कैलाश खोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ । गए रातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै २ जनाको शव मंगलसेन नगरपालिका-३ मा पर्ने लमतणा र सेरीमा भेटिएको त्यहाँ खटिएका स्थानीय प्रकाश कुवरले बताउनुभयो । जनप्रतिनिधि, प्रहरी, स्थानीयको टोली उद्धारका लागि सैनिबजारमा गइसकेको रामारोशन गाउपालिकाका उपाअध्यक्ष सरस्वती रावलले बताउनुभयो ।

सदमुकामबाट पैदलमा करिब ७ घण्टा लाग्ने भएकाले चाडै उद्धारमा कठिनाई भए पनि पहल भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);