२४ घण्टा नपुग्दै रुसले पहिलो लटको खोप तयार | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

२४ घण्टा नपुग्दै रुसले पहिलो लटको खोप तयार

एजेन्सी, ३२ साउन । कोरोना भाईरसविरुद्धको खोप उत्पादन थालेको जानकारी दिएको २४ घण्टा नपुग्दै रुसले पहिलो लटको खोप तयार गरेको छ । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको खोप स्पुतनिक–फाइभ को पहिलो लट तयार गरेको छ ।

खोप उत्पादन थालेको जानकारी दिएको २४ घण्टा पनि नपुग्दै रुसी स्वास्थ्य मन्त्रालयले खोपको पहिलो लट बनाएको बताएको हो । रुसले हरेक महिना ५० लाख डोज खोप उत्पादन गर्ने समेत स्पष्ट पारेको छ । विश्वका दर्जनौँ मुलुकहरुबीच खोप बनाउने प्रतिस्पर्धा चलिरहेका बेला गत मंगलबार रूसले सबैभन्दा पहिला खोप तयार पारेको दाबी गरेको थियो ।

यसै महिनाको अन्त्यतिर ती खोप बजारमा आइसक्ने र यही नै कोरोना भाइरस विरुद्धको पहिलो खोप हुने दाबी रुसको छ । तेस्रो चरणको परिक्षण बिनै अनुमति प्रदान गरिएको खोपलाई लिएर अन्तर्राष्ट्रिय समुदायले आशंकासहित चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);