माहिरा नै हुन् त रनबीरकी नयाँ गर्लफ्रेण्ड ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एजेन्सी, ६ असोज । बलिउडका चकलेटी अभिनेता रनबिरको अहिले माहिरा खानसँग सम्बन्ध रहेको खुलासा भएको छ । दुबईको एक कार्यक्रममा सँगै देखिए पछि उनीहरुको बिच अफिएर रहेको हल्ला चलेको थियो ।

आफ्नो फुर्सदको समय निकाल्दै रनबीर अहिले न्यु योर्कमा छन् । उनी एक्लै नभइकन पाकिस्तानी नायिका माहिरा खानसँग घुमिरहेको बलिउड मिडियाहरुले जनाएका छन् । भारतमा पाकिस्तानका कलाकारलाई प्रतिबन्ध लगाएको कारण माहिरा भारत आउन सक्दिनन् । सोही कारण उनीहरु न्यू योर्कमा गएको उनीहरुले दाबी गरेका छन् ।

कुनै बेला दिपिका पदुकोणसँग रिलेशनका कारण चर्चामा आएका उनी केही महिना अघि सम्म कैट्रिना कैफसँग लिभिङमा बसेका थिए । अहिले बे्रक अप भएपछि माहिरासँग रिलेशनमा रहेको हल्ला आएको हो । माहिरा र रनबीर न्यु योर्कको एक सडकमा सँगै धुम्रपान गर्दै गरेको तस्बीर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


माहिराले शाहरुख खानसँग पहिलो रईस फिल्ममा अभिनय गरेकी थिइन् ।

 

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);