तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण : गृहमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण : गृहमन्त्री शर्मा

काठमाडौं, ६ असोज ।  गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेका छन् ।

गृहमन्त्री शर्माले सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले स्थानीय तह तेस्रो चरणको निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्भव भएको बताए ।

शुक्रबार काठमाडौंमा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गर्दै उहाँले निर्वाचनमा हिँसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि निर्वाचनमा कायम गरिएको सुरक्षा व्यवस्थाले बलियो जवाफ दिएको पनि स्पष्टे पारे ।

गृहमन्त्री शर्माले सरकार जनतासँगै रहेर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);