दुई यात्रीसहितको अमेरिकी अन्तरिक्ष यान २ महिनापछि पृथ्वीमा फर्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दुई यात्रीसहितको अमेरिकी अन्तरिक्ष यान २ महिनापछि पृथ्वीमा फर्कियो

एजेन्सी, १९ साउन । दुई यात्रीसहितको अमेरिकी अन्तरिक्ष यान २ महिनापछि पृथ्वीमा फर्किएको छ । बब बेन्कन र डग हर्ली नाम गरेका दुई यात्रीसहितको स्पेस एक्स ड्रयागन क्याप्स्यूल नामक अन्तरिक्ष यान समुन्द्रमा अवतरण गराइएको छ । उक्त यान अवतरणका क्रममा चार प्यारासुट प्रयोग गरिएको थियो ।

जसले प्रतिघण्टा ५ सय ६० किलोमिटर गतिको यानलाई समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरेको बताइएको छ । उक्त यान पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरे लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो ।

अवतरणपछि अन्तरिक्षयात्रीहरूलाई चिकित्सकहरूको टोलीले परीक्षण गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);