दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

south africa coronavirus

एजेन्सी, १८ साउन । दक्षिण अफ्रिकामा ५ लाख सर्वसाधारण कोरोना संक्रमित पुष्टी भएको छ । संक्रमितको संख्या ५ लाख कटेपछि दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्रालयले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिएको छ ।

दक्षिण अफ्रिकाका स्वास्थकर्मी ज्वेलिनी मिखहेजले पछिल्लो २४ घण्टामा १० हजार १ सय बढी संक्रमित थपिएको जानकारी दिंदै देशमा कोरोना महामारीले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिनुभएको हो ।

हाल त्यहाँ संक्रमितको संख्या ५ लाख ३२ हजार नाघेको छ भने ८ हजार १ सय बढीको मृत्यु भईसकेको छ । संक्रमित मध्ये आधा जनसंख्या दक्षिण अफ्रिकाको आर्थिक केन्द्र गउते प्रान्तमा रहेको बुझिएको छ ।

संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछी दक्षिण अफ्रिका बिश्वमा कोरोना महामारी हुने राष्ट्रमध्ये पाँचौ स्थानमा परेको छ । दक्षिण अफ्रिकामा गत मे र अप्रील महिनामा लगाएको लकडाउन खुलेको केही दिनमा नै संक्रमितको संख्या बढ्दै गएको हो ।