प्रदेश २ द्वारा खुल्ला सीमा क्षेत्रको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

प्रदेश २ द्वारा खुल्ला सीमा क्षेत्रको अनुगमन

पर्सा,१४ साउन । सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनी प्रदेश नं.२ ले खुल्ला सीमाको क्षेत्रको अनुगमन गरेको छ ।

पछिल्लो समय सीमा विवाद तथा भारतीयहरु लुकीछिपी नेपाल आउने घटना बढेपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक ब्रम्हचार्य सहितको टोलीले बुधबार पर्साको इनर्वा, श्रिसिया, अलै र बाराको बलिरामपुर सीमाको अनुगमन गरेको हो ।

अनुगमनपछि नायव महानिरीक्षक ब्रम्हचार्यले सीमा क्षेत्रमा थप सुरक्षा कर्मी पठाउने, अस्थायी पोस्ट निर्माण गरिने र ठुलो संख्यामा मोबाईल पेट्रोलिङको ब्यवस्था गर्ने बताउनुभयो ।

खुल्ला सीमाबाट नेपाली तथा भारतीयहरु लुकिछिपी भित्रिनाले पर्सामा कोरोना संक्रमितको संख्या समेत बढेको उहाँको भनाई छ । साउन महिनामा मात्रै पर्सामा १ सय ५० बढीमा कोरोना पुष्टि भएको छ भने ५ जनाको मृत्यु भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);