पार्टी बिग्रह रोक्न दुई अध्यक्षलाई उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

पार्टी बिग्रह रोक्न दुई अध्यक्षलाई उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताव

काठमाडौं, १३ साउन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । गत असार १० गतेबाट शुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएकोमा पछिल्लो पटक आज ११ बजे बस्ने तय भएको थियो । तर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु बैठक स्थगित नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।

दाहालको अध्यक्षतामा बैठक बस्ने तयारीस्वरुप ओली इतर समूहका नेताहरु बालुवाटारमा पुगेका हुन । गत असार १४ गते प्रधानमन्त्री ओलीले नेपालले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरुको सहयोग रहेको भन्ने अभिव्यक्ति दिएपछि नेकपामा बिवाद चुलिएको हो ।

जसका कारण स्थायी कमिटी बैठक प्रभावित भएको हो । स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताउदै आएका छन । तर ओलीले दुबै पद नछोड्ने अडान राख्दै आउनुभएको छ । यसैबीच नेकपाका उपाध्यक्ष बाम देव गौतमले पार्टी बिग्रह रोक्न भन्दै अध्यक्षद्वय ओली र दाहाललाई ६ बुँदे प्रस्ताव बुझाउनु भएको जनाइएको छ ।

गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गर्नुभएको हो । अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गौतमको छ । यस्तै पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि गौतमको प्रस्तावमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);