नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित

nekapa baithak new

काठमाडौं, १३ साउन ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति खोज्ने भनिए पनि पटक पटक असफल भएसँगै स्थायी कमिटी बैठक पनि प्रभावित बन्दै आएको छ । ओली सहमतिमा नआएको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहले बहुमतबाट भए पनि निर्णय गरेर जानुपर्ने र आजको बैठक नरोक्ने भनिएपनि बैठक बस्न सकेन । असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौंपटक स्थगित गर्दै १३ साउनसम्म धकेलिएको थियो ।

ताजा समाचार