इलाम, १२ साउन । इलाममा नियम मिच्ने सवारी साधनलाई कारबाही स्वरुप संकलन हुने राजश्वमा यस वर्ष कमी आएको छ । कोरोना भाइरसका कारण जारी बन्दाबन्दीले राजश्व संकलनमा कमी भएको हो ।
इलाममा आर्थिक वर्ष ०७६/०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाही स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । अघिल्लो वर्ष ८० लाख १४ हजार ५ सय संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।
लकडाउनका कारण सडकमा कम सवारी चलेपनि दुर्घटना भने अघिल्लो वर्षको तुलनामा बढेको छ । कार्यालयले दुर्घटना न्युनिकरण गर्न चालकलाई सचेत गराउने, होडिङ बोर्ड राख्ने लगायतका कार्य गरिरहेको बताएको छ ।