बगरलाई वन बनाउने अभियान सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बगरलाई वन बनाउने अभियान सुरू

दाङ,१२ साउन । डिभिजन वन कार्यालय दाङले यस बर्ष जिल्लाका विभिन्न स्थानमा रहेको बगरलाई वन बनाउने अभियान थालेको छ ।

नदिले काटेर बगरमा परिणत भएको १ सय ६० हेक्टरमा विभिन्न जातका विरुवाहरु लगाएको वन कार्यालय दाङले जनाएको छ । अभियान अन्तर्गत सोमबार तुलसीपुर ११ बखरियामा करिब १५ विगाह बगरमा बृक्षारोपण गरिएको हो ।

रुख रोपेर मात्र नभई संरक्षण गरी हुर्काएर प्रतिफल लिनुपर्ने सरोकारवालाको भनाई छ । बगर खेतिमा रुख मात्र नभई फलफुल तथा विभिन्न किसीमका फुलहरु रोपेर पर्यटकीय केन्द्र बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

झरना सामुदायिक वन उपभोक्ता समितीले उक्त ठाउँमा पहिला सिसौँका विरुवा लगाएको थियो । तर २०७१ र ७४ सालमा बबई नदिमा आएको बाढिले बगरमा परिणत गरेपछि त्यहाँ गौ चरण हुदै आएको हो ।

वन संरक्षण गर्न सके करिब ५ सय घरपरिवारलाई फाइदा हुनेछ । बगरलाई वन बनाउदा हरियाली हुने र नदिको कटान पनि रोकिने वन कार्यालय दाङले जनाएको छ । अभियान अन्तर्गत यस बर्ष २ लाख विरुवाहरु रोपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);