एजेन्सी, ९ साउन । केन्याली धावक एलिजाह मनान्गोई अस्थायी निलम्बनमा परेका छन् । प्रतिबन्धित औषधि प्रयोगको नियम उलंघन गरेपछि एथ्लेटिक्स इन्टीग्रिटी युनिटले मनान्गोईलाई निलम्बन गरेको हो ।
पछिल्लो १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएपछि उनलाइ अस्थायी निलम्बन गरिएको हो । एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथ्लेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
२७ वर्षीय मनान्गोईले लण्डनमा भएको सन् २०१७ को विश्व च्याम्पियनसिपमा १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए । यस्तै २०१८ मा भएको कमन्थवेल गेम्समा समेत उनले स्वर्ण जितेका थिए ।




