कञ्चनपुर, ८ साउन । कञ्चनपुरको भीमदत्त नगरमा भारतीय सीमा सुरक्षा बल हतियारसहित एसएसबी नेपाल प्रवेश गरेकोे छ । हतियारसहित नेपाल प्रवेश गरेको एसएसबीले आज कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड न ९ मा सिद्धनाथ सामुदायिक वनको जग्गामा तारबार गर्ने क्रममा रोक लगाएको छ ।
एसएसबिले भारतको भूमि भएको भन्दै निर्माण कार्य रोकेको हो । २४ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनमा २०५५मा तारजाली गरिएको थियो । जीर्ण तारजाली निर्माण गर्नेक्रममा एसएसबीले रोकेको हो ।