नारायणीले खतराको तह पार गर्यो, सुस्ताका २६५ घर डुब्यो (फाेटाे फिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

नारायणीले खतराको तह पार गर्यो, सुस्ताका २६५ घर डुब्यो (फाेटाे फिचर)

काठमाडौं, ६ साउन । नारायणी नदीले गण्डक ब्यारेजमा खतराको तह पार गरेको छ। पानीको बहाव बढ्दै गएपछि सोमबार साँझदेखि ब्यारेज पुलका ३६ वटै ढोका खोलिएको छ।

अहिले पनि नारायणीमा पानीको बहाव निरन्तर बढिरहेको छ । पानीको बहावले खतराका तह पार गरेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सतर्क रहन आग्रह गरेको छ ।

सुस्तामा अहिले नरसहिको नदीघाटको मन्दिरमा पानी आएको तीन फिट पानी जमेको छ। सुस्ताका सबै २६५ घरधुरी, सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट, नेपाल प्रहरीको क्याम्प, विधालयसमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

वस्ती डुबानमा परेपनि अहिलेसम्म कुनै मानवीय क्षति नभएको र जनतालाई सुरक्षित स्थानमा सारिएको प्रमुख पाण्डेयको भनाई छ । नारायणीको पानी नदीघाट मन्दिरसम्म आइपुगेको र त्यहाँ खतराको संकेत लगाइएको ठाउँसम्म पुग्न अब धेरै समय नलाग्ने बताइएको छ।