दाहाल–नेपाल पक्षीय नेताहरू खुमलटारमा | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

दाहाल–नेपाल पक्षीय नेताहरू खुमलटारमा

madhav n prachanda

काठमाडौं, ४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन्।

खुमलटारमा सुरु भएको छलफलमा सचिवालय र स्थायी कमिटीका सदस्यहरू सहभागी छन्। शनिबार प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच भएको भेटवार्ताको क्रममा भएको छलफलबारे समीक्षा गर्न छलफल हुन लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

छलफलमा सचिवालय सदस्यहरू दाहाल–नेपालसहित झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटीका सदस्यहरू भीम रावल, रघुजी पन्त, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्टलगायत सहभागी छन्।

दाहाल–नेपाल पक्षीय सचिवालय र स्थायी कमिटीका सदस्यहरूले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाव दिँदै आएका छन ।

तर, ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बरु पार्टीको महाधिवेशन छिटै गरेर त्यहाँबाट सबै छिनोफानो गर्नुपर्ने बताउनु भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);