प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सातको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सातको मृत्यु, एक घाइते

motercycle durghatana

काठमाडौं, ४ साउन । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । शनिबार राति स्वर्गद्वारी नगरपालिका –३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कविराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर छन् ।

मृतकहरू भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । धरमपानीबाट भिङग्रीतर्फ जाँदै गरेको ट्याक्टरमा आठ जना सवार थिए ।

तीमध्ये रोल्पाका विशाल थापा मात्र हाम फालेर बाँच्न सफल भएका छन् । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।