गाउँपालिका अध्यक्षमाथि चक्कु प्रहार, ठेकेदार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

गाउँपालिका अध्यक्षमाथि चक्कु प्रहार, ठेकेदार पक्राउ

काठमाडौं, २ साउन । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि चक्कु प्रहार भएको छ। उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलका अनुसार अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ।

गाउँपालिकाको हाताभित्रै चक्कु प्रहार भएको हो। अध्यक्ष कार्कीलाई उपचारका लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ।

‘टाउकोमा चक्कु प्रहार भयो भन्ने विवरण आएको छ, उहाँ (रोहितबहादुर कार्की) लाई अस्पताल ल्याइएको छ’, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले भन्नुभयो, ‘म जाँदै छु, अभियुक्त नियन्त्रणमा आइसक्यो।’

प्रहरीले घटना लगत्तै चक्कु प्रहार गरेको अभियोगमा पटके ठेकेदार भवन ठकुरीलाई पक्राउ गरेको हो।
घटनाको कारण खुलेको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);