कोराना भाइरसको संक्रमणका कारण ठूलो मन्दीपछि चीनको अर्थतन्त्रमा सुधार | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

कोराना भाइरसको संक्रमणका कारण ठूलो मन्दीपछि चीनको अर्थतन्त्रमा सुधार

xi-jinping-china-president

एजेन्सी, १ साउन । कोराना भाइरसको संक्रमणका कारण ठुलो मन्दीपछि चीनको अर्थतन्त्रमा सुधार आएको छ । कोरोनाका कारण यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दी खेपेको चीनको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ६ दशमलव ८ प्रतिशतले ओरालो लागेको थियो । पछिल्लो विवरण अनुसार अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।

यो तीन महिनामा चीनको कुल गार्हस्थ उत्पादन जीडीपी बढेको देखिएको छ। यो बृद्धि विज्ञहरूले अनुमान गरेभन्दा धेरैबढी हो र यसले चीनको अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको संकेत गरेको छ ।

चीनले लकडाउनपछि अर्थतन्त्रमा अनपेक्षित रूपमा सुधार गरेको कारण प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको विश्लेषण गरिएको छ । गएको मेमा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य राखेको छैन । सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);