कोभिड–१९ विरुद्धको खोप विकासमा संलग्न संस्थाहरू रुसको निसानामा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोभिड–१९ विरुद्धको खोप विकासमा संलग्न संस्थाहरू रुसको निसानामा !

काठमाडौं, २ साउन । यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले रुसका जासुसहरूले यूकेसहित अमेरिका र क्यानाडामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकासको तयारीमा रहेका संस्थाहरूलाई निसानामा पारेको दाबी गरेको छ।

निसानामा पारेको भनिएका संस्थाहरूबारे भने केन्द्रले केही खुलाएको छैन। तर, ह्याकरहरूले रुसको जासुसी निकायको काम गरेको पक्का भएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार हालसम्म ह्याकरहरूले कोरोना भाइरसविरुद्धको खोप अनुसन्धानलाई भने प्रभाव पारेका छैनन्।

यूकेका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस महामारीविरुद्ध काम गरिरहेका संस्थाहरूलाई रुसी खुफिया निकायले निसाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन्।

रुसलाई खोेप विकासमा तयारी गरिरहेका संस्थाहरूलाई निसानामा पारेको गम्भीर आरोपपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले आरोपलाई निराधार र असह्य भन्दै खारेज गरेका छन्।

उनले ‘ह्याकको प्रयासहरूमा रुसको कुनै पनि किसिमको सरोकार छैन’ भनेका छन्। एजेन्सीकाे सहयाेगमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);