नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित

काठमाडौं, २ साउन । नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यानलहरूले नेपालकाे विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रसारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् ।

भारतीय समाचार च्यानलहरूले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीकाे विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द गरिएपनि संगठित नहुँदा केही अलमल भएको मल्टिसिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदीप आचार्यले बताउनुभयो ।

भारतीय च्यानल आ—आफ्नो हिसाबले बन्द गरेपनि त्यसले केही अलमल भएकाले संगठित रुपले अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।

अहिले नेपालमा जी न्युज, आजतक लगायतका भारतीय समाचार च्यानलहरूको प्रसारण बन्द रहेको छ । सेवा प्रदायकहरू अब ‘डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपाल’ मार्फत एकजुट हुने भएका हुन् ।

डिसहोम, प्रभु टिभी, क्लीयर टिभी, म्याक्स टिभी, मेगा टिभी, मेरो टिभी, नेट टिभी, सुविसु टिभी र भायो टिभी लगायतका प्रदायकहरू संगठित भएका हुन् ।