काठमाडौं, १ साउन । पार्टीभित्रको विवाद सुल्झाउने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता छ ।
गत मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार नेपालसहितको त्रिपक्षीय संवाद सुरु भएको हो ।
पछिल्लो पटक दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ अर्थात भोलीसम्मका लागि बैठक स्थगित भएको छ । भोली बस्ने भनिएको स्थायी कमिटी बैठक बस्ने वा नबस्ने भन्ने समेत आजको यो छलफलले टुंगो लाग्ने नेताहरूले बताएका छन् ।