सुनको भाउले कायम गर्याे नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

सुनको भाउले कायम गर्याे नयाँ रेकर्ड

काठमाडौं, ३१ असार । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। आज (बुधबार) नेपाली बजारमा छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर तोलामा ९२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो (मङ्गलबार) ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी संघले तेजावी सुन ९२ हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको जनाएको छ।

चाँदी पनि आज (बुधबार) नेपाली बजारमा एक हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो (मङ्गलबार) चाँदी प्रतितोला ९९५ रूपैयाँमा कारोबार भएको थियो।

ताजा समाचार