सुनकाे मूल्य प्रतिताेला २० हजार रूपैयाँले घट्याे | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

सुनकाे मूल्य प्रतिताेला २० हजार रूपैयाँले घट्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ नै घटेको हो ।

बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएकोमा आजका लागि तीन लाख १८ हजार आठ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात हजार ६५ रूपैयाँ रहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ४० रूपैयाँ कम हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply