इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग २–१ गोल अन्तरले आर्सनल पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग २–१ गोल अन्तरले आर्सनल पराजित

एजेन्सी, २९ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटेनहमले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाए ।

जितसँगै टोटेनहम लिगको आठौं स्थानमा उक्लिएको छ । टोटेनहमले ३५ खेलमा ५२ अंक जोडेको छ । ५० अंक जोडेको आर्सनल नवौं स्थानमा झरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);