विद्यार्थी चढेको बस दुर्घटना हुँदा २१ को मृत्यु, १५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

विद्यार्थी चढेको बस दुर्घटना हुँदा २१ को मृत्यु, १५ जना घाइते

एजेन्सी, २४ असार । चीनमा यात्रु बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । मंगलबार कुसाओँ प्रान्तको एन्शुनमा परीक्षा दिनका लागि जाँदै गरेका हाइस्कूल तहका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको हाे । दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ । ती चालकले सो रुटमा सन् १९९७ देखि काम गर्दै आएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बसमा कति मानिस थिए र त्यसमध्ये कति विद्यार्थी हुन् भन्ने स्पष्ट भएको छैन । बस पानीबाट निकालिएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);