म्यानमारको रत्‍न खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

म्यानमारको रत्‍न खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु

myanmar landslide

एजेन्सी, १८ असार । उत्तरी म्यानमारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ । म्यानमार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् ।

म्यानमारस्थित सरकारी अधिकारीहरुले ११३ वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ । खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन्।

गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । म्यानमारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);