एसईईको नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

एसईईको नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन

काठमाडौं, १६ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार ३० गते सम्मका परीक्षा नियन्त्रण कार्यालयमा पठाउन आग्रह गरेको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै कोरोना महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्यांङकनको आधारमा नतिजा तयार पारेर पठाउन भनेको हो ।

विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा नतिजा पठाइसक्नुपर्नेछ । विद्यालयहरूले ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्नुपर्नेछ ।

गत जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि एसईई सञ्चालन नगर्ने निर्णय गरेपछि विद्यालयका प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्याङकन समितिलाई मूल्यांकनको अधिकार दिइएको हो ।

मूल्यांकन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नै विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । २०७६ चैत्र ६ गतेका लागि निर्धारण गरिएको एसईई कोरोनाका कारण चैत ५ गते स्थगन भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);