समाचार | Page 1706 of 6021 | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

समाचार

प्रचण्डले भने- आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल हो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको बताए ।

‘४ मंसिरमा दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भने ।

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे । प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे । माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं ।’

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हिजो बेलुकी गाडामा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । दुर्घटनामाा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन् ।

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ ।

बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे बिपरित दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति 

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।  एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

लमजुङका २३ मतदानस्थल अति संवेदनशील

लमजुङ । जिल्ला सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका एक सय ३० मतदानस्थलमध्ये २३ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र छन् ।

सुरक्षा समितिका अनुसार जिल्लामा ८६ वटा मतदानस्थल संवेदनशील र बाँकी २१ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रजिअ वैद्यले अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउन सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रजिअ वैद्यको भनाइ छ ।

चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको  छ ।

लमजुङमा १ सय ३० मतदानस्थलमा एकसय ८८ मतदान केन्द्र छन् । सुरक्षा समितिले सवै मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । त्यो भन्दा बाहिरी घेरामा नेपाली सेनालाई पनि प्रयोग गरिने सुरक्षा समिति लमजुले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन् ।

मनाङमा सबैभन्दा कम उम्मेदवार

लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सवैभन्दा कम तीनजना उम्मेदवार छन् ।  एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् ।

यो जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेक बहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले  सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाता छन्।

०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ दुई हजार एक सय ६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङ एक हजार नौ सय १९ मत ल्याएर हारेका थिए । ४ मंसिरको निर्वाचनमा फेरि पनि दुईबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको  प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, यसअघि प्रतितोला ९२ हजार नाै सय रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

नेकपा महासचिवमा फेरि विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो । विप्लव यसअघि पनि महासचिव थिए । नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

भैरहवामा प्रचार कार्यालय उद्घाटनमा पूर्वगृहमन्त्री भन्छन्, रूपन्देहीमा सरकारले तक्माको बाढी ल्यायो

भैरहवा । राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पुर्ब गृहमन्त्री निरन्जन थापाले निर्वाचन २ खालको गठबन्धन भएको बताउँदै ५ दललाई मत दिएर खेर जाने बताए । त्यो पात्रको को हो प्रधानमन्त्री किलियर नै छैन । माधव नेपालले आफ्नै प्रधानमन्त्रीलाई फाल्दीनु भो । प्रचण्ड कहिले कहिले कता हुनुहुन्छ । त्यस्तो गठबन्धन लाई मत दिएर काम लाग्दैन । थापाले भने, को प्रधानमन्त्री हो किलियर छैन । ५ दलको प्रधानमन्त्री कोहो ? थाहा छैन तर हाम्रो ३ दलको प्रधानमन्त्री केपी ओलि नै हो ।
२ बर्ष ९ महिना गृहमन्त्री भएको बताउँदै पूर्व गृहमन्त्री थापाले बिस्तारै बोहोरालाई गृहको बिफ्रीङ गर्न थालेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणलाई कटाक्ष गर्दै थापाले रुपन्देहीमा तक्माको बाढी नै आएको बताए ।

“आज भोली तक्माको धेरै बाढि आएको छ । रूपन्देही क्षेत्र नं ३ मा बाढी नै आएको छ । हामी सरकारमा आएपछि त्यसरि तक्मा बांड्दैनथ्यौँ । तक्माको आधार हुन्छ हामी त्यसरी बाँड्ने गथ्यौँ । हामी उद्योगलाई सञ्चालन गरेर अंगाडी बढाउनेलाई त्यस्तो उद्योगपतिलाई तक्मा दिन्थ्यौँ ।” थापाले भने, “नाकामा चोरी निकासी रोक्ने प्रहरीलाई हामी तक्मा दिन्थ्यौँ । सिँञ्चाई नपाएर हाँहाँकार भएको किसानलाई तक्मा दिन्छौँ । पार्टीलाई भोट दिन्छ भनेर हामी कदापी तक्मा दिँदैनौँ । बोहोराजीलाई, महेन्द्रजीलाई, तुल्सीजीलाई भोट दिएर तक्मा दिँदैनौँ है । काम गरेको आधार हुनुपर्छ तक्मा दिने । कहिले काहिँ बाउ छोरालाई मैले तक्मा दिएको सुन्छ मैले । मेरो बिचारमा त्यो पूर्वाग्रह हो ।”
रुपन्देही जिल्लामा दिपक बोहोराले बिकासको काम गरेर देखाएको बताउँदै पूर्व गृहमन्त्री निरञ्जन थापाले भैरहवाको विकास र समृद्धिका लागि प्रतिनिधी सभा सदस्यको निर्वाचनमा दिपक बोहोरालाई मत दिन आग्रह गरे । थापा भन्छन्, “चाहे भैलो भुजा भन्नुस । उहाँ पर्यटन मन्त्रीपनि हुनुहुुन्थ्यो । बाटा घाटा विकासमा उहाँले धेरै काम गर्नु भो उहाँ रैथाने नेता हो । बिकास प्रेमि हो प्रकृति गठबन्धन हो । हामीले परिपक्व मान्छे उठाएका छौँ त्यसैले हामी चुनाव जित्छौँ ।

राप्रपाका बरिष्ठ नेता तथा प्रनिधि सभा सदस्य क्षेत्र नं ३ का उम्मेदवार दिपक बोहोराले युवाहरुको सोँच, पाका पुस्ताको अनुभवलाई मिश्रण गर्दै समाज रुपान्तरणकोलागि दिलो ज्यानले लाग्ने प्रण पनि गर्दै यो निर्वाचनमा होमिएका बताए. । बेलहिया – बुटवल छ लेन सडक विस्तार, बेथरी –तामनगर सडक विस्तार, भैरहवाको पहिलो क्याम्पसको रुपमा रहेको सिद्धार्थ कलेज तथा हालको भैरहवा बहुमुखी क्याम्पसको सर्वागीण विकास, सिद्धार्थ रंगसाला, महेन्द्र सभा गृहकोे निर्माण, आइसीपिको पहल, भीम अस्पतालको भौतिक पुर्वाधार र स्तरोबृद्धिकोलागि गरिएको योजनाबद्ध पहल, भैरहवामा अत्याधुनिक कृर्षी हाटबजार, भैरहवा लुम्बिनी तिलौराकोट सडकको स्तरोन्नती , बृहत्तर लुम्बिनी क्षेत्रको विकास जस्ता गौरबका आयोजना हामी सरकारमा छदा वा संसदमा छदा भएका प्रयासका उपलब्धी भएको बताए । आगामी दिनमा हिजोका दिनमा हामीले गरेका प्रयास र दीर्घकालिन योजनालाई थप व्यवस्थीत गर्नेगरी हामीले आफ्ना योजना अगाडी सार्नेछौं बोहराले भने ।

प्रदेश सदस्य महेन्द्र यादबले चुनाब जित्दा नेकपा एमालेको प्रदेशमा मुख्यमन्त्री बन्ने हो । चौधरीले भने, स्थानीय चुनावको मतलाई जोड्ने हो भने कांग्रेसको भन्दा हाम्रो १२ हजार मत बढी छ । ३ क को ७ हजार मत धेरै मतले हामी जित्दै छौं । ३ ख मा दिपक बोहरालाई पनि जिताउछौं प्रदेश सदस्यपनि जिताउछौं । हामी जे बोल्छौं त्यही गर्छौं यहाँका मन्त्रीले पुल बनाउन सक्नु भएन मैले पुल बनाउन नसके मत माग्न आउंदिन भने मैले १० महिनामै पुल बनाएं अब उहाँ मन्त्री त्यो ठाउंमा जान गाह्रो छ । ३ शक्तिको गठबन्धनलाई कसैलेपनि हराउन सक्दैन ।

जसपाका नेता तथा प्रदेश सभा सदस्य क्षेत्र नं ३ क का उम्मेदवार महेन्द्र यादवले ३ दलिय गठबन्धनले नै चुनाव जित्ने दाबी गरे ।
सन्तोष पान्डेले जे पनि हुन्छ भन्ने तर कुनै काम नहुने उनले बताउँदै भने, यहाँबाट जित्छन बजेट जान्छ मर्चवारमा । खुट्टा ढोग्ने कला छ बिरामी अस्पतालमा भर्ना हुंदा हजार दुइ हजार दिउं कहिल्यै गर्नुहुन्न । गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्दछु । मैले ६३ साल देखि आन्दोलन गरें यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । धेरैले नागरिकता पाए । सेना पुलिसमा आरक्षण हामीले गर्दा भयो ।

क्षेत्र नं ३ निर्वाचन परिचालन समितिका संयोजक स्वाती थापाको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै थापाले देशमा परिवर्तन, रोजगारी र शुसानका लागि नेकपा एमाले, राप्रपा र जसपालाई जिताउन आग्रह गरिन् । जसपाका केन्द्रीय सदस्य मातृकाप्रसाद यादवले ३ दलको गठबन्धनले सत्ता पक्ष अताल्लीएको बताए । रुपन्देहीमा नेकपा एमाले, राप्रपा र जसपा एक ठाउँमा आउँदा हामी धेरै बहुमतले चुनाव जित्छौँ उनले भने ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, एमालेका प्रदेश सदस्यहरु अनुप बराल, राजेन्द्रप्रसाद पन्थी, राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणा, नेकपा एमालेका जिल्ला उप सचिव हितराज पन्थी, राप्रपाका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, एमालेका नेता डा.राम प्रसाद बस्याल लगायतको आतिथ्यता रहेको थियो ।

आचारसंहिता उलंघन बारे किसान श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण

बारा । निर्वाचन आयोगले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं.४ का उम्मेदवार कृष्णकुमार (किसान श्रेष्ठ) लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठको विषयमा केही दिन अघि युट्युबमा सार्वजनिक भिडियो प्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘किसान श्रेष्ठकाे चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै त्यस प्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

मीन राशिलाई आजको दिन उत्तम, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं । आजको पात्रो : २ कात्तिक, २०७९ बुधबार । तद्नुसार अक्टुबर महिनाको १९ तारिक २०२२ । कार्तिककृष्ण पक्ष नवमी तिथि, गर करण, पुष्य नक्षत्र, साध्य योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ०५ः३२ मा हुनेछ । बिहान ११ः२७ देखि १२ः१२ सम्मको समय अभिजित मुहुर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्दा राम्रो हुन्छ । अचल सम्पत्तिको कारोबार नगर्नु उत्तम हुनेछ । आजको देवता सावित्री, ग्रहदेव शुक्र हुन् ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राको लागि अवसर आउनसक्छ । यदी धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन  गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईको लागि  यात्रा फाइदाजनक हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । मनमा चिन्ता र भय छ भने पनि हट्दै जानेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यहरुबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुभयो भने फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले नयाँ कामको अवसर आउने छ । आजको दिन मौन रहनु नैं वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नैं वेश हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तुला राशिका जातका लागि आजको दिन सोच अनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ब्यापारबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा सोचअनुसार काम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
व्यापारमा लागेका मीन राशिका जातकका लागि आजको दिन उत्तम छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ ।

ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ ‘क’ का उमेद्वार समेत रहेका हिक्मत कार्कीले बताए । रुघाखोकीको ज्वरो आएर हिजो भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । ओलीले हिजो दमकस्थित निवासमै आराम गरेर बसेका छन् ।

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

मस्को। रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो। मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ। १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ। यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरेका छन् ।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो। दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ।

पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिश्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदुरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ ।गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच पहिलो खेल हुनेछ ।

नाग्मा जुम्ला सडक खण्ड खुल्यो

जुम्ला। पहिरोले अवरुद्ध जुम्ला सडक खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडक खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडक खण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अव जुम्ला नग्मा सडक खुलाइएको छ  । ‘अवरुद्ध सडक खुलाउनका लागी क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सबइन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौं,’ उनले भने । कर्णाली राजमार्गमा खटिएका सबइन्जिनियर गोविन्द अधिकारीका अनुसार हामीले मंगलबार बेलुकी जुम्ला बजारदेखि नाग्म खण्ड खुलाइएको छ।

राजमार्गको सर्वपक्षीय अनुगमन त्यस्तै कर्णाली राजमार्गको अनुगमनसमेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सड्क कार्यालयका प्रमुख श्रेष्ठ। राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म अनुगमन गरेको छ ।त्यस्तै राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भए पनि दीर्घकालीन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताए  ।त्यस्तै  प्रमुख जिल्ला अधिकारी केशरीले सड्क खुलाउने र दीर्घकालीन रूपमा राजमार्ग बनाउनका लागी  सबैको सहयोग आवश्यक छ ।  उनले तेल अभाव भएकाले खोजी भइरहेको बताए  ।कर्णाली राजमार्ग २५ प्रतिशत अब खुल्न बाँकी  त्यस्तै डिभिजन सडकका अनुसार कर्णाली राजमार्गमा २५ प्रतिशत खुल्न बाँकी रहेको छ । डिभिजन सड्क कार्यालयका प्रमुख राजीव श्रेष्ठले कालिकोटको पिली देखी सेरावाडासम्म काम सकेर गाडी पुगेको छ।

सबइन्जिनियर गोविन्द अधिकारी अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४/१५ स्थानमा ठूला ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था रहेको छ।

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

वीरगञ्ज। प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

यसैगरि पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

डोटीमा ठूलो असिना पानी, भित्र्याउने बेलाको धान खेतीमा क्षति

धनगढी। डोटीमा असिना ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ। आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।  उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्‍याएको बताएकी छन् ।

केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताइन् ।