देश/समाज
नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने
माघ ९ ,दाङ । नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने उदेश्यले दाङमा २ दिने बृहत ऐतिहासीक थारु सांस्कृतीक महोत्सव हुन लागेको छ । आईतबार तुलसीपुरमा थारु अगुवहरुका संगठन महतवा,वडघर र मलमन्सा महासंघ नेपालले पत्रकार सम्मेलन गरि माघ १२ र १३ गते पश्चिम दाङको चखौरामा महौत्सव हुने जनाएको छ ।
सरकार धेरै फेरिए,फेरिएन सुस्ताबासीको जीवन
मोहम्मद ईजहार शेख
माघ ६, नवलपरासी ।
नवलपरासीको सुस्तामा भारतीय अतिक्रमण वढ्दै गएपछि नवलपरासीका सांसद , प्रमुख जिल्ला अधिकारी , स्थानीय बिकास अधिकारी , प्रहरी प्रमुख लगायत जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित राजनितिक दलको टोलीले स्थलगत
अनुगमन गरेको छ । करिब ३ सय घरदुरी रहेको त्रिवेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा भारतको विहार राज्यको भेडियारी बजार,उत्तरमा विवादित सुस्ता
उच्च अदालतका न्यायाधीशले आज सपथ लिने
निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी ५ माघ, काठमाडौँ । उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनियता शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ गराउने कार्यक्रम छ ।
ट्यांकरसहित चालक त्रिशुली नदीमा वेपत्ता
५ माघ, काठमाडौँ । काठमाडाैँबाट बारातर्फ जाँदै गरेको खाली पेट्रोल ट्यांकर चितवनको चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा खस्दा चालक र ट्यांकर दुबै वेपत्ता भएका छन ।
रामेछापका भूकम्प पीडितको बास यस वर्ष पनि चिसो पालमै
सुमित श्रेष्ठ
४ माघ ,रामेछाप । नेपाल सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने भनेको अनुदान रकम समयमै दिन नसक्दा यस वर्ष पनि रामेछाप जिल्लाका भूकम्प पीडितको जाडो पालमुनी नै वित्ने भएको छ । घर निर्माणको लागि सरकारले अनुदान दिने भनेको पहिलो किस्ता वापतको रकम ढिलो दिंदा बर्खामा घर बनाउन नसकिएको
न्यायालयमा राजनीतिक हस्तक्षेप अनुचित
३ माघ, काठमाडौँ । न्यायालय समेत यतिवेला विवादमा तानिएको छ । न्यायपरिषदले ८० जना न्यायाधीशको सिफारिस गरे पछि विवाद बढेको हो । न्यायपरिषदको विहिबार राति बसेको बैठकले बहुमतका आधारमा नियुक्ति सिफारिस गरेको थियो ।
कपिलबस्तुमा अवैध नदीजन्य निकासीले पर्यटक समस्यामा
बुद्ध स्थल भ्रमणमा आउने पर्यटकहरु सास्ती भोग्न बाध्य शम्भू माली
कपिलबस्तु माघ ३।
प्राचीन तिलौराकोट दरवार क्षेत्र नजिकको रामघाट नाकाबाट जथाभावी नदीजन्य वस्तुको निकासी गर्दा बुद्ध स्थल भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु सास्ती भोग्न बाध्य छन् । दरवारसंगै नदीजन्य वस्तुको संकलन केन्द्र स्थापना र नदीबाट बालुवाहरुको निकासीका कारण यस क्षेत्रमा उड्दै गएको धुलो र विग्रदै गएको
सडक बिस्तारमा मुआव्जा माग गर्दै हेटौंडा बजार बन्द
हेटौंडा,माघ ३ ।
पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको दायावायाँ २५ मीटर सडक बिस्तार गर्दा क्षतिपुर्ती र मुआव्जा दिनुपर्ने भन्दै आज हेटौँडामा बिरोध प्रदर्शन गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक ऐन २०३१ अनुसार राजमार्गको दायावायाँ अतिक्रमणगरी बनेका घर टहरा हटाउन सूचना जारी गरेको बिरोधमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा हेटौंडा बजार समेत बन्द गरिएको
वर्षाका कारण खतरा
लगातारको वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि, नदी किनाराका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनको आग्रह । बाढी लगातारको वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको छ । आइतबार रातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको र अरु ठूला नदी तथा खहरे खोलामा पनि पानीको सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ । सोमबार दिनभर झरी पर्ने र पूर्व तथा मध्य क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविदले बताएका छन् । लगातार पानी पर्दा नदीमा पानीको सतह बढ्न थालेको र महाकाली र कोशीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान शाखाले जनाएको छ ।