समाचार | Page 1706 of 6015 | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

समाचार

रुसी सैन्य तालिम स्थलमा हमला, ११ जनाको मृत्यु

एजेन्सी । रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ ।

आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर, वृस्तृत विवरण भने दिइएको छैन् । आक्रमणमा थप १५ जना घाइते भएका छन् ।

‘स्वैच्छिक रूपमा युक्रेन विरुद्ध विशेष सैन्य अभियानमा भाग लिन इच्छा व्यक्त गर्ने व्यक्तिलाई हतियार प्रशिक्षण सत्रको क्रममा आतंककारीहरूले एकाइका कर्मचारीहरूमाथि साना हतियारले गोली हाने’, रियाले रक्षा मन्त्रालयको बयानलाई उद्धृत गर्दै लेखेको छ ।

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

लमजुङ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा  दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।  लमजुङमा दुई  हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन् ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।

बाराबाट चुनाव लडिरहेका पूर्व मन्त्री किसान श्रेष्ठले आँफैलाई मतदान गर्न नपाउँने

श्याम गुप्ता, बारा । बाराबाट चुनाव लडिरहेका कृष्ण कुमार (किसान) श्रेष्ठको तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा मतदाता नामावली रहेकाले उनले यहाँबाट मतदान गर्न नपाउँने भएका छन् । मंसिर ४ गते हुँने निर्वाचनमा यस पाली बारा क्षेत्र नम्बर ४ क प्रतिनिधि सभाबाट आफ्नों उम्मेदवारी दिएका श्रेष्ठले आँफैलाई मतदान गर्न नपाउँने भएका हुँन् । प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्र मैं पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउँने निर्वाचन आयोगले जनाएको छ ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं.४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँ मैं जानु पर्ने समेत आयोगले जनाएको छ । तर, बारा ४ मा चुनाव लडेकाले उनी यस पटक भने मतदानका लागि तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आँफू बारा आएर चुनाव लड्ने वा तनहुँ मैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आँफू मतदानबाट बञ्चित हुँनु परेको बताए । आफ्नों क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आँफूलाई नैं मत हाल्न नपाउँने भएका छन् ।

विभिन्न पार्टी परित्याग गरी जीतपुरका युवा जमात एमालेमा प्रवेश

श्याम गुप्ता, बारा । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरका युवा जमात एमालेमा प्रवेश गरेका छन् । जीतपुरमा आयोजित एक कार्यक्रमका बिच विभिन्न पार्टीमा सक्रिय रहँदै आएका २० जना भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका हुँन् । ती युवा जमातलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवंम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, बारा क्षेत्र नं.४(क) प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरी, वडा नं.७ का अध्यक्ष सुनिल गुप्ता, वडा नं.६ का अध्यक्ष कैमुदिन अंसारी, वडा नं.३ का अध्यक्ष ताराबहादुर कार्की लगायतले स्वागत गरेका थिए ।

युवाहरुको समूहलाई स्वागत गर्दै पूर्वमन्त्री पौडेलले एमालेको जितले मात्रै बारा क्षेत्र नं.४ मा विकासले गति लिने बताए । उनले एमाले जिताउँने अभियानमा हातेमालो गर्दै अघि बढ्न कार्यकर्ता र सर्वसाधारणलाई आग्रह गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटीका सचिव आयुब खानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको साे कार्यक्रममा ती युवा जमातले पार्टी प्रवेश गरेका हुँन् ।

रामदेव भन्छन्- बलिउडमा चारैतिर लागुऔषध

एजेन्सी । योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा आए ।

उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।

‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको थाहा छैन । थाहा छैन, कति ठूला–ठूला, जसलाई फिल्म स्टार भन्छन् । अभिनेत्रीको त भगवान नै मालिक हुन् । फिल्म उद्योगमा चारैतिर लागुऔषध मात्र छ’,उनले भने । रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलोपटक होइन । यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् ।

बलिउडमा लागुऔषध मामलामा कैयौं कलाकारहरु पक्राउ परिसकेका छन् । अभिनेता सुशान्त सिंह राजपूतका निधनपछि लागुऔषध मुद्धाले नयाँ चर्चा पायो । जसकारण नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले ठूला स्टारहरुलाई सोधपुछ नै गर्नुपर्यो ।

सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परे । साथीसहित पक्राउ परेका उनलाई लागुऔषध प्रयोग गरिरहँदा पक्राउ गरेको आरोप लगाएर जेल नै पठाइएको थियो । यद्यपि उनले सुरुवातमा जमानत पछि क्लिन चिट नै पाए ।

शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५–०-५ को सानदार जित दर्ज गरेको छ ।

शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे । दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।

प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।

तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् । राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपको पहिलो चरणको समाप्ति पश्चात शिर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन् । च्याम्पियनशीप अन्तर्गत नेपालले आइतबार श्रीलंकाको सामना गर्नेछ ।

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे । जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ : कुइँकेल 

काठमाडौं। कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् । शनिबार काठमाडौं–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए । घर्तीजत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकुलले काठमाडौं–२ का मतदाताका लागि खुसीको कुरा भएको बताए । ‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ  । उहाँलाई जिताउने जिम्मा हाम्रो हो । काठमाण्डु–२ का काँग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो ।’ संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवार पराजित हुने दाबी गरे । पूर्वसभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन् । आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाण्डु–२ का लागि आफूले पाँच वर्ष दिने बताइन् । उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय काँग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन्।

‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो ।’ घर्तीले काठमाडौं–२ को समग्र विकासका साथै तीन कुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन् ।

यस्तो छ रञ्जु दर्शनाको घोषणापत्र [पूर्णपाठ]

काठमाडौं। काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन् । आफूले चुनाव जितेमा संसद्‌का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन् । आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उनको घोषणापत्रमा उल्लेख छ ।

उनले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदी पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने छिन् ।

झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका बरामद

विराटनगर। भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ ।  तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको प्रहरीको भनाइ छ ।सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको छ ।

कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण 

काठमाडौ। नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडाैंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । साथै, उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनएका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे। उनले काँस्य पदक प्राप्त गरे।

डुवानाले पनि राखे नयाँ कीर्तिमान 
पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् ।

उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरीका सिंहले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनेन ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो।

थप ५२ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ । नेपालहा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।

७७ जिल्ला मै पुग्यो डेंगु, ४७ जनाको मृत्यु
मन्त्रालयका अनुसार प्रकोपको रुपमा फैलिएको डेंगु ७७ जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणबाट ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

काठमाडौं। नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् ।

१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।

हाम्रो नेपाली पार्टीसहित तीन वटा निर्वाचन चिन्ह हेरफेर

काठमाडौं। निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ। आयोगले शनिवार विज्ञप्ती जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन वटा निर्वाचन चिन्हमा सामान्य  हेरफेर गरिएको जनाएको हो । आयोगको २७ असोजको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरिएको हो । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो।

उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची– ३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्हअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर गरिएको छ । हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला 

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा एक सय मिटर तल करिब १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो।