Sat, 21 Apr 2018

म्यानचेस्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन

एजेन्सी, ३ बैशाख । इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले हात पारेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पराजित भएसँगै म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

शीर्ष स्थानको म्याचेस्टर सिटीभन्दा १६ अंकले पछाडि रहेको अवस्थामा म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा वेस्ट ब्रोमसँग १–० ले पराजित भयो । लिगमा अब पाँच चरणका खेल बाँकी छन् ।

ती सबै खेलमा म्यानचेस्टर सिटीले हार्दा र म्यानचेस्टर युनाइटेडले जित्दा उपाधिका लागि म्यानचेस्टर युनाइटेडलाई दुई अंक कम हुन्छ । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि तेस्रोपटक पक्का गर्ने क्रममा ३३ खेलमध्ये जम्मा दुई वटामा मात्र हार व्यहारेको छ ।

By:

5 days ago VIEWS: 17

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!